8F8A2026
8F8A2016
8F8A2151
DSC_0002
DSC_0011
new photo 1
new photo 2
new photo 3
new photo
Updates:
जग्गा खिचोला मुद्दामा कानून व्यवसायीले ध्यान दिनु पर्ने कुराहरु विषयमा तालिम सञ्चालन हुने बारेको सूचना। (२०८२।१०।२८)                                      *३३औं अधिवक्ता परीक्षाबाट उत्तीर्ण भएका नवोदित कानून व्यवसायीका लागि इन्टर्नशीप सम्बन्धी सूचना। (मितिः २०८२।१०।२३)                                      *लेखापाल र सूचना प्रविधि सहायक पदको नतिजा प्रकाशन तथा सिफारिस सम्बन्धी सूचना । (२०८२।१०।१०)                                      *अधिकृत (खुला र महिला) र वरिष्ठ सहायक पदको नतिजा प्रकाशन तथा सिफारिस सम्बन्धी सूचना । (२०८२।१०।०९)                                      *कम्प्युटर प्रयोगात्मक परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना । (२०८२।१०।०६)                                      *कम्प्युटर सीप परीक्षा/प्रयोगात्मक एवम् अन्तर्वार्ता परीक्षा कार्यक्रम सम्बन्धी सूचना ।

सबिता भण्डारी

अध्यक्ष

श्रीराम खनाल

सचिव

हाम्रो परिचय

  नेपाल कानून व्यवसायी परिषद् एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित एवम् संगठित संस्था हो । कानून व्यवसायीहरूको हकहितको संरक्षण गरी समाज प्रति बढी जिम्मेवारीपूर्ण सेवा सञ्चालन गर्न बनेको नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० अन्तर्गत यो परिषद्को स्थापना भएको हो । २०५०।८।७ मा प्रारम्भ भएको उक्त ऐनको दफा १ र ४ सोही मितिदेखि नै र बाँकी अन्य दफाहरू २०५१।४।२७ देखि लागू भएको हो । परिषद् स्थापना हुनु अघि कानून व्यवसायीहरूको प्रमाणपत्र दिने, दर्ता अभिलेख राख्ने र व्यावसायिक अनुशासनमा नरहेका कानून व्यवसायीलाई सजाय गर्ने कार्य सर्वोच्च अदालतबाट हुदै आएको थियो । परिषद् स्थापना भएपछि कानून व्यवसायमा प्रवेशका लागि परीक्षा लिने, कानून व्यवसायीमा नाम दर्ता गर्ने, व्यावसायिक आचारसंहिता निर्धारण गर्ने, तोकिएको व्यावसायिक आचारसंहिता अनुरूप कानून व्यवसायीले काम गरे नगरेको सम्बन्धमा अनुगमन गर्ने, व्यावसायिक आचरण विरूद्ध गरेको कार्यसम्बन्धी उजूरी लिने र अनुशासनमा सजाय गर्ने, व्यवसायमा संलग्न कानून व्यवसायीहरूको अभिलेख अद्यावधिक राख्ने, व्यवसायलाई गरिमामय बनाउन आवश्यक प्रशिक्षण तथा तालिमको व्यवस्था गर्ने, कानून व्यवसायीको इज्जत, प्रतिष्ठा, सुरक्षा, हकहित तथा सुविधाको संरक्षण गर्ने, कानून व्यवसायीको हित अभिवृद्धि गर्न अध्ययन, छलफल, सभा, गोष्ठी, प्रवचन आदिको व्यवस्था गर्ने र कानून व्यवसायीको पेशागत क्षमता अभिवृद्धि गर्न सहयोगी जर्नलहरु प्रकाशनको व्यवस्था गर्ने तथा स्तरीय कानूनी शिक्षालाई प्रोत्साहन दिन कानून व्यवसायको लागि उपयुक्त शैक्षिक मापदण्ड सिफारिश गर्ने कार्य परिषद्ले गर्दछ ... थप जानकारी

फोटो ग्यालरी

[foogallery id=3714] थप हेर्नुस...