सूचना

       नेपाल सरकारको सम्पति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना (२०७६–२०८१) को उद्देश्य नं. ५,३ र १ मा गृह मन्त्रालयको वेवसाइटमा रहेको सूचीकृत व्यक्ति वा समूहको सम्पति तथा कोष रोक्का सम्बन्धी सूचना सम्बन्धित सबै निकायको वेवसाइटमा लिंक गर्ने कार्ययोजनामा रहेकोले सो बमोजिम हुन संयन्त्रको सचिवालयले सम्बन्धित सबै निकायलाई अनुरोध गर्ने भनी भएको निर्णयानुसार गृह मन्त्रालयबाट परिषदमा लेखी आएकोले आतङ्कवादी क्रियाकलापमा सूचिकृत व्यक्ति वा समूहको सूची गृह मन्त्रालयको http://moha.gov.np/page/other-resources लिङ्कमा रहेकोले सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।

नेपाल कानून व्यवसायी परिषद