नेपाल कानून व्यवसायी परिषद्को
अत्यन्त जरूरी सूचना ।
मितिः २०८१।०५।०५
कानून व्यवसायीको पेशागत आचरणसम्बन्धी नियमावली, २०७९ को नियम ११ को अनुसूची २ बमोजिम तोकिएको पोशाक कानून व्यवसायीले बहस पैरवीको लागि इजलाश समक्ष उपस्थित हुँदा अनिवार्य रुपमा लगाउनु पर्ने व्यवस्था गरेकोमा केही कानून व्यवसायीहरुले तोकिएको पोशाक नलगाई अदालत समक्ष उपस्थित भई बहस पैरवी गर्ने गरेको जानकारी प्राप्त हुन आएकोले सम्पूर्ण कानून व्यवसायीहरुले उक्त नियमावलीमा भएको व्यवस्था पूर्णरूपमा पालना गर्नुहुन निर्णयानुसार जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
सचिव