नेपाल कानून व्यवसायी परिषद्

कानून शिक्षा समितिबाट जारी भएको

कानून शिक्षासँग सम्बन्धित

अत्यन्त जरुरी सूचना

प्रकाशित मिति २०८१।०५।२५

 

कानूनी शिक्षालाई स्तरीय र प्रतिस्पर्धी बनाउन कानून शिक्षाको अध्ययन अध्यापन गर्ने गराउने  बिश्वविद्यालयसँग परामर्श गरी कानून व्यवसायको गुणस्तर मापदण्ड निर्धारण गरी सोको प्रचलन र परिपालना सुनिश्चित गर्न आवश्यक भएकोले नेपाल कानून व्यवसायी परिषद् (कानून शिक्षा) नियमावली, २०७७ तथा कानून शिक्षा अनुमति र निरीक्षणका लागि आवश्यक भौतिक पूर्वाधार सम्बन्धी निर्देशिका, २०७९ परिषद्ले जारी गरी लागू गरेको कुरा विदितै छ ।

हाल केही बिश्वविद्यालय तथा शैक्षिक संस्थाहरुले परिषद्द्वारा जारी गरी लागू भएको नियमावली तथा निर्देशिकाले तोकेको मापदण्ड पूरा नगरी कानून शिक्षाको अध्ययन अध्यापन गरेको पाइएकोले उक्त मापदण्ड पालना नगरी अध्ययन अध्यापन गरी कानूनमा स्नातक तह उत्तीर्ण भएमा त्यस्ता विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट कानूनमा स्नातक तह उत्तीर्ण विद्यार्थीहरुलाई यस नेपाल कानून व्यवसायी परिषद्वारा सञ्चालन हुने अधिवक्ता तहको परीक्षामा सहभागी गराउन परिषद् वाध्य नहुने व्यहोरा कानून शिक्षा समितिको मिति २०८१।०५।२३ को निर्णयानुसार सम्बन्धित विद्यार्थी, अभिभावक, बिश्वविद्यालय, शैक्षिक संस्था र सरोकारवाला सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

सचिव