1
2
3
4
7
9
DSC_0594
DSC_0071
DSC_0067
DSC_0798
DSC_0763
Updates:
अधिवक्ता टंक बहादुर राना मगर (प्र.प.नं. १२१३२) लाई नसिहतको सजाय गर्ने सम्बन्धी अनुशासन समितिको निर्णय ।                                      *पार्षद् निर्वाचन २०८१ को अन्तिम मत परिणाम                                      *पार्षद् निर्वाचनको प्रचारप्रसार गर्न निषेध गरिएको सूचना                                      *पार्षद् निर्वाचन २०८१ को मतपत्र नमूना –                                      *अधिवक्ता सुमन दाहाल (प्र.प.नं. १३८२३) लाई नसिहतको सजाय गर्ने सम्बन्धी अनुशासन समितिको निर्णय ।                                      *अधिवक्ता नारायण प्रसाद पन्त (प्र.प.नं. १२५३६) लाई नसिहतको सजाय गर्ने सम्बन्धी अनुशासन समितिको निर्णय ।

रमेश बडाल

अध्यक्ष

श्रीराम खनाल

सचिव

बिदुरप्रसाद सापकोटा

सूचना अधिकारी 9763687671

हाम्रो परिचय

नेपाल कानून व्यवसायी परिषद् एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित एवम् संगठित संस्था हो । कानून व्यवसायीहरूको हक हितको संरक्षण गरी समाज प्रति बढी जिम्मेवारी पूर्ण सेवा सञ्चालन गर्न बनेको नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० अन्तर्गत यो परिषद्को स्थापना भएको हो । २०५०।८।७ मा प्रारम्भ भएको उक्त ऐनको दफा १ र ४ सोही मितिदेखि नै र बाँकी अन्य दफाहरू २०५१।४।२७ देखि लागू भएको हो । परिषद् स्थापना हुनु अघि तत्काल लागू रहेको कानून व्यवसायी ऐन, २०२५ बमोजिम कानून व्यवसायीहरूको प्रमाणपत्र दिने, दर्ता अभिलेख राख्ने र व्यावसायिक अनुशासनमा नरहेका कानून व्यवसायीलाई सजाय गर्ने कार्य सर्वोच्च अदालतबाट हुदै आएको थियो । परिषद् स्थापना भएपछि कानून व्यवसायमा प्रवेश गर्नेहरूको परीक्षा लिने, कानून व्यवसायीमा नाम दर्ता गर्ने, व्यावसायिक आचारसंहिता निर्धारण गर्ने, तोकिएको व्यावसायिक आचारसंहिता अनुरूप कानून व्यवसायीले काम गरे नगरेको सम्बन्धमा अनुगमन गर्ने, व्यावसायिक आचरण विरूद्ध गरेको कार्यसम्बन्धी उजूरी लिने र अनुशासनमा सजाय गर्ने, व्यवसायमा संलग्न कानून व्यवसायीहरूको अभिलेख अद्यावधिक राख्ने, व्यवसायलाई गरिमामय बनाउन आवश्यक प्रशिक्षण तथा तालीमको व्यवस्था गर्ने, कानून व्यवसायीको इज्जत, प्रतिष्ठा, सुरक्षा, हकहित तथा सुविधाको संरक्षण गर्ने, कानून व्यवसायीको हित अभिवृद्धि गर्न अध्ययन, छलफल, सभा, गोष्ठी, प्रवचन आदिको व्यवस्था गर्ने र आवश्यक प्रकाशनको व्यवस्था गर्ने तथा स्तरीय कानूनी शिक्षालाई प्रोत्साहन दिन कानून व्यवसायको लागि उपयुक्त शैक्षिक मापदण्ड सिफारिश गर्ने कार्य ... थप जानकारी

फोटो ग्यालरी

[foogallery id=3714] थप हेर्नुस...