नेपाल कानून व्यवसायी परिषद्को
अत्यन्त जरूरी सूचना ।
मितिः २०८१।०५।०५
कानून व्यवसायीको पेशागत आचरणसम्बन्धी नियमावली, २०७९ को नियम ४ को उपनियम (घ) मा “आफूले अदालतमा बहस गरेको, कानूनी परामर्श प्रदान गरेको वा आफू संलग्न भएको आदेश वा फैसलाको प्रचारको उद्देश्यले सामाजिक सञ्जाल वा कुनै माध्यमबाट सार्वजनिक प्रकाशनमा ल्याउन हुँदैन तर सार्वजनिक सरोकारको महत्वपूर्ण विषयमा रचनात्मक टिप्पणी गर्न र बौद्धिक बहस गर्न वाधा पुर्याएको मानिने छैन” भन्ने व्यवस्था विपरित कतिपय कानून व्यवसायहिरुले व्यक्ति विशेषसँग सम्बन्धित आफूले बहस गरेको, कानूनी परामर्श दिएको वा आफू संलग्न भएको आदेश र फैसलाको प्रचारको उद्देश्यले सामाजिक सञ्जालमा प्रकाशित गर्ने गरेको विषयमा परिषद्को गम्भिर ध्यानाकर्षण भएको छ । यस्तो कार्य कानून व्यवसायीको पेशागत आचरणसम्बन्धी नियमावली, २०७९ विपरित हुने हुँदा आचारसंहिताको पूर्णरुपमा पालना गर्नुहुन निर्णयानुसार जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
सचिव