माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेल –अध्यक्ष
अध्यक्ष श्री शेरबहादुर के.सी., नेपाल बार एशोसिएशन – उपाध्यक्ष
रजिष्ट्रार श्री महेन्द्रनाथ उपाध्याय, सर्वोच्च अदालत – पार्षद्
डीन प्रा.डा. श्री ताराप्रसाद सापकोटा, कानून संकाय,त्रि.वि.वि. – पार्षद्
वरिष्ठ अधिवक्ता श्री रमेशदेव भट्ट – पार्षद्
वरिष्ठ अधिवक्ता श्री महेशकुमार नेपाल – पार्षद्
अधिवक्ता श्री मोहननाथ कोइराला – पार्षद्
अधिवक्ता श्री वीरबहादुर रोकाय – पार्षद्
अधिवक्ता श्री हेमनारायण चौधरी – पार्षद्
श्री – पार्षद्
श्री – पार्षद्
श्री रामहरि शर्मा काफ्ले – सचिव
Nepal Bar Council Building
सूचना :
  • सूचना

    यस परिषद्बाट मिति २०७५ साल असार २९ गते देखि २०७५ साउन ०९ गतेसम्म पूर्व व्यावसायिक तालिममा सहभागि भइसकेकाहरुका लागि अधिवक्ताको प्रमाणपत्र वितरण भईरहेको व्यहोरा जानकारीका लागि सूचित गरिन्छ ।

    (रामहरि शर्मा काफ्ले)
    सचिव
     
  • नेपाल कानून व्यवसायी परिषद्
    २०७५ सालमा सञ्चालन हुने अधिवक्ता तहको
    २५ औं (विशेष) लिखित परीक्षा सम्बन्धी सूचना

    यस परिषद्द्वारा २०७५ सालमा सञ्चालन हुने अधिवक्ता तहको २५ औं (विशेष) परीक्षा दिने परीक्षार्थीहरुले निम्न कार्यक्रमअनुसार काठमाडौं उपत्यकामा मात्र परीक्षा सञ्चालन हुने भएकोले कानून बमोजिम परीक्षा दिन योग्यता पुगेका व्यक्तिहरुले २०७५ साउन १ गते देखि ३० दिन भित्र दरखास्त फाराम बुझाउन आव्हान गरिएको छ । साथै म्याद समाप्त भएको मितिबाट सात दिनसम्म दोब्बर शुल्क तिरी दरखास्त फाराम बुझाउन यो सूचना प्रकाशित गरिएको छ ।
    मिति विषय
    २०७५।०६।०५ संवैधानिक, प्रशासनिक तथा अन्तर्राष्ट्रिय कानून
    २०७५।०६।०६ फौजदारी, देवानी तथा वाणिज्य कानून
    २०७५।०६।०७ प्रमाण कानून र कार्यविधि कानून
    २०७५।०६।०८ कानून व्यवसायी परिषद्, कानून व्यवसायीको आचार
    संहिता एवं मिसिल अध्ययन र अभ्यास
    – दरखास्त फाराम र नजीर सहितको पाठ्यक्रम पुस्तिका रू. २००।– बुझाई परिषद्बाट खरिद गर्न सकिने छ ।
    – परीक्षा दस्तुर वापत रू. २,५००।– को रा.वा.बैंक थापाथली शाखाको च.हि.नं. १४३०००११३५०१ वा बैंक अफ काठमाडौंको च.हि.नं.
    ०१०००००२६१३३५२४ मा जम्मा गरेको सक्कल भौचर पेश गर्नु पर्नेछ ।
    – विशेष सुविधा पाउने परीक्षार्थीहरूको हकमा सुविधा लिन सोस“ग सम्बन्धित प्रमाणित कागजातहरू समावेश गरी फाराम भर्नुपर्ने छ ।
    – परीक्षा सञ्चालन हुने समय र परीक्षा केन्द्र पछि प्रकाशित गरिने छ ।

    (रामहरि शर्मा काफ्ले)
    सचिव
     
  • नेपाल कानून व्यवसायी परिषद्को
    सूचना

    यस परिषद्को मिति २०७५।३।१० गते बसेको परिषद्को बैठकले देहायको विषयहरुमा देहाय बमोजिम दस्तुर कायम गरेकोले सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ ।

    अद्यावधिक गर्दा

    वरिष्ठ अधिवक्ता रु. ३,०००।–
    अधिवक्ता रु. २,०००।–
    अभिवक्ता रु. १,०००।–
    अभिकर्ता रु. ५००।–

    परिचयपत्र प्रतिलिपि रु. ५००।–
    नयाँ कानून व्यवसायी परिचयपत्र रु. १,०००। –

    ल फर्म दर्ता गर्दा
    ल फर्म दर्ता रु. ५,०००।–
    नवीकरण रु. २,५००।–
    खारेजी रु. ५००।–
    नाम÷ठेगाना संशोधन रु. ५००।–
    शाखा कार्यालय खोल्न रु. १,०००।–

    नवीकरण गर्दा कर चुक्ता गरेको प्रमाण अनिवार्य हुनु पर्नेछ ।

    (रामहरि शर्मा काफ्ले)
    सचिव