LEGAL EDUCATION COMMITTEE

nepalbarcouncil
Notice :
  • विषयः लेख रचना माग गरिएको समयावधि थप भएको सूचना
    मितिः २०७५।०१।०७

    यस परिषद्बाट वार्षिक रुपमा संविधान, कानून, न्याय तथा समसामयिक विषयका लेख रचनाहरु समावेश गरी Nepal Bar Council Law Journal प्रकाशित गरिदै आएको कुरा सर्वविधितै छ । उक्त अंग्रेजी जर्नल प्रकाशनले कानून न्याय क्षेत्रका शिक्षक, विद्यार्थी तथा कानूनका विषयमा सरोकार राख्ने सबैलाई अध्यापन तथा अध्ययनमा सहयोग पुयाउँदै आएकोले यो वर्ष पनि Nepal Bar Council Law Journal 2017 प्रकाशनार्थ तपसीलका निर्धारित क्षेत्र भित्रको सिमामा रही अनुसन्धानमुलक र विश्लेषणात्मक रुपमा ३५०० शव्ददेखि ५००० शब्दसम्मको लेख÷रचना तयार गरी आगामी चैत्र मसान्तभित्र परिषद्को कार्यालयमा इलेक्ट्रोनिक कपि सहित पठाउनु हुन सम्बन्धित लेखक तथा इच्छुक महानुभावज्यूहरुसँग अनुरोध गरिएकोमा पर्याप्त मात्रामा लेख रचना प्राप्त नभएकोले उक्त म्याद यही २०७५ साल बैशाख मसान्तसम्म म्याद थप गर्ने प्रकाशन समितिको निर्णय अनुसार यो सूचना प्रकाशित गरिएको छ ।
    निर्धारित क्षेत्रहरु
    1. Constitutional Law
    2. Legal Profession and Professional ethics in Nepal
    3. Commercial Law
    – Contract
    – Arbitration
    – Banking Law, etc.
    4. Administrative Law.
    5. Bar Council : International experiences.
    6. Environmental Law
    7. Labour Law
    8. WTO
    9. Gender Law
    10. P.I.L.
    11. I.P. Law
    12. Criminal Law
    13. International Law (Human Right & Law of International Relations)


    पुनश्चः
    – तोकिएको क्षेत्र बाहेक कुनै नेपाल कानून सम्बन्धी कुनै नयाँ विषय र क्षेत्रमा लेख÷रचना लेख्न चाहनेहरुले समितिको स्वीकृति लिई लेख्न सक्नेछन् ।
    – लेख रचना छनौट र प्रकाशित गर्ने अधिकार समितिमा निहित रहनेछ ।
    – प्राप्त लेख रचना सम्बन्धित विज्ञबाट पुनरावलोकन गराइने छ र पुनरावलोकनकर्ताको सुझाव अनुसार मिलाई पेश नगरेमा प्रकाशन गरिने छैन ।
    – निर्धारित मापदण्डभित्र नपर्ने रचनाहरु समावेश गरिने छैन ।
    – प्रकाशित लेख रचनाका लागि नियमानुसारको पारिश्रमिक उपलब्ध गराइने छ ।
    – लेख रचनाको भाषा आवश्यकतानुसार सम्पादन गरी प्रकाशन गरिने छ ।
    – अस्वीकृत रचना फिर्ता गरिने छैन ।
    – स्वीकृत लेख रचनाहरु कम्प्युटर टाइप गरी Pen Drive मा उपलब्ध गराउनु पर्नेछ ।
    – लेख रचनाहरुमा फुटनोटको प्रयोग भएको हुनु पर्नेछ र APA citation rule अपनाउनु पर्नेछ ।
    – लेख रचना पठाउदा परिषद्को ईमेल info@nepalbarcouncil.org.np मा पठाउनु होला ।

    .....................
    (गोकुलबहादुर निरौला)
    सचिव
     
  •