परीक्षा समिति

कानून व्यवसायीमा दर्ता गरिनु पूर्व परिषदबाट निर्धारित पाठ्यक्रमआधारमा सञ्चालित परीक्षामा उत्तीर्ण गरेको हुनु पर्दछ । त्यस्तो कानून व्यवसायी परीक्षा सञ्चालनका लागि परिषदबाट कानूनी क्षेत्रका विशेषज्ञहरू रहेको परीक्षा समिति गठन गरिन्छ । परीक्षा समितिले पाठ्यक्रम तथा परीक्षा सञ्चालन नियमावलीको अधिनमा रही आफ्नो कार्य सम्पन्न गर्न कानून व्यवसायी परीक्षा सञ्चालन निर्देशिका बनाएको छ र आफ्नो अन्य कार्यविधि समिति आफैंले निर्धारण गर्दछ ।