विषयः कानून व्यवसायीको कार्यालय दर्ता र नवीकरण सम्बन्धमा ।

श्री सर्वाेच्च अदालत बार एशोसिएशन,

श्री उच्च अदालत बार एशोसिएशन (सबै),

श्री जिल्ला अदालत बार एशोसिएशन (सबै)

     कानून व्यवसायीको कार्यालय दर्ता र सञ्चालन नियमावली, २०६९ को नियम ३ मा कानून व्यवसायीले आफ्नो कार्यालय (Law Firm) दर्ता गरेर मात्र कार्यालय सञ्चालन गर्नु पर्ने कानूनी व्यवस्था छ । तर हाल केही कानून व्यवसायीहरुले आफ्नो कार्यालय दर्ता नगरी कार्यालय सञ्चालन गरेको भन्ने गुनासो परिषद्लाई प्राप्त हुन आएकोले यो पत्र लेख्ने काम भएको छ । तहाँको बार एकाईमा आवद्ध कानून व्यवसायीहरुले कार्यालय दर्ता नगरी सञ्चालन गरेको भए आफ्नो कार्यालय परिषद्मा दर्ता गरी मात्र सञ्चालन गर्नुपर्ने तथा यस अघि कार्यालय दर्ता गरी सक्नु भएका कानून व्यवसायीहरुले नवीकरण गरेर मात्र कार्यालय सञ्चालन गर्नु पर्ने व्यहोराको जानकारी सम्वद्ध सबै कानून व्यवसायीहरुलाई गराई यो जानकारी आफ्नो सूचना पाटीमा टाँस समेत गरिदिनु हुन निर्णयानुसार अनुरोध गर्दछु ।

कार्यालय दर्ता गर्न चाहिने आवश्यक कागजातहरु र शुल्क:
१. परिषद्द्वारा निर्धारण गरिएको निवेदन पत्र (website बाट प्राप्त हुने) ।
२. नेपाली नागरिकता र कानून व्यवसायीको प्रमाणपत्रको प्रतिलिपी ।
३. सम्बन्धित बार एकाईको सिफारिश पत्र ।
४. फोटो २ प्रति, शुल्क रु ५,०००।–
५. साझेदारीको रुपमा कार्यालय दर्ता गर्ने भए कार्यालय सञ्चालन गर्ने सम्बन्धमा साझेदारबीच भएको करार सम्झौता ।

कार्यालय नवीकरण गर्दा चाहिने आवश्यक कागजातहरु र शुल्क :
१. परिषद्बबाट निर्धारण गरिएको निवेदन पत्र (Website बाट प्राप्त हुने)
२. सम्बन्धित बार एकाईको सिफारिश पत्र ।
३. कार्यालय दर्ताको सक्कल प्रमाणपत्र ।
४. अघिल्लो आ.व. को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी ।
५. फोटो २ प्रति शुल्क रु. २,५००। (म्याद सकिएको ६ महिना भित्र नवीकरण नगरेमा नियमानुसार विलम्ब शुल्क लाग्ने छ) ।

…………………………
(रामहरि शर्मा काफले)
सचिव